मोरङको पथरीशनिश्चरेका सात जना युवा ब्यावसायीले सुविधा सम्पन्न वार सञ्चालनमा ल्याउने भएका छन् ।
साङ्गितिक वातावरणमा परिवार मैत्री सेवा दिने गरी सञ्चालनमा आएको वारमा एक पटकमा ७० जना ग्राहक बस्न सक्ने सञ्चालक सञ्जीव गिरीले बताए । गिरीका अनुसार वार सँगै २५ जना अट्ने सभाहल र ५० जना अट्ने वर्थ डे हल पनि रहेका जानकारी दिएका छन ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सिक्का लन्ज एण्ड वार वीथ लाइभ म्युजिक नामको वार फागुन २ गते भ्यालेन टाइन डेको दिन देखि सञ्चालनमा ल्याउने भएको छ ।
पथरी तीव्र शहरीकरण भइरहेको पूर्वी मोरङको शहर हो । पथरी क्षेत्रका ग्राहकहरू ठूलो खर्च गरेर छिमेकी शहरहरूमा वारको सेवा लिन जाने गरेकाछन् । आफ्ना शहरका वार शौखिनहरूलाई पथरी मै सेवा दिन ६५ लाख लाख रुपैयाँ खर्चेर वार सञ्चालन ल्याइएको सञ्चालक धिरेन सुब्बाले बताए । पथरीमा सञ्चालनमा आउने वारले उर्लाबारी, रमाइलो, लेटाङ, दमक, बेलबारी देखि विराटचौक सम्मका ग्राहकलाई लक्षित गरेको छ । वार सञ्चालनमा आएपछि १० जनाले रोजगार पाउने सञ्चालकहरूको भनाई छ । पथरीशनिश्चरेका युवाहरु सञ्जीव गिरी, धीरेन सुब्बा, मिलेन श्रेष्ठ, पूजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राई मिली वारमा संचालन गरेका छन ।