‘माङसेबुङलाई धार्मिक पर्यटकीय स्थल सरकारले बनाउने’–मुख्यमन्त्री राई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ २३, २०८१

‘माङसेबुङलाई धार्मिक पर्यटकीय स्थल सरकारले बनाउने’–मुख्यमन्त्री राई

मंसिर १९
साइनो समचारदाता
 इलाम  । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले इलामको माङसेबुङलाई नेपालकै धार्मिक पर्यटकीय स्थल बनाउन संघीय र प्रदेश सरकार लागि परेको बताएका छन् ।


सोमबार किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्रीले माङ्सेबुङ्को विकास गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै सो कुरा बताएका छन् । मुख्यमन्त्री राईले गुरुयोजना निर्माण गरी योजनाको माग आए कार्यान्वयनका लागि सरकार तयार रहेको प्रतिवद्धता जनाए । ‘यस क्षेत्रको मुख्य समस्या दमक रवि सडक हो । त्यसका लागि आगामी ३ वर्षभित्र कालोपत्रे गरिसक्ने गरी संघीय सरकारबाट २ अर्ब ३० करोड रकमको व्यवस्था भईसकेको छ’ मुख्यमन्त्री राईले भने, ‘किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङलाई समृद्ध बनाउन बजेट व्यवस्थापनका लागि प्रदेश सरकार तयार छ ।’ राईले १६ औं राष्टिय विभूति महागुर फाल्गुनन्द लिङ्देन र वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको लिङदेनले समाज सुधारका लागि गरेको कार्यको प्रसशां समेत गरे ।
समाज सुधारका लागि महागुरु र वर्तमान गुरुहरुले गर्नुभएको योगदान अतुलनीय रहेको बताउँदै उहाँहरुको विश्व शान्ति र मानव एकताको बाटोलाई सबैले पच्छ्याए नेपालमा स्थायी शान्ति कायम हुनेमा विश्वास रहेको बताए ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो (मौसम), नेपाली कांग्रेसका मूख्य सचेतक कोदार कार्की, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादव, देउमाई नगरपालिका उपप्रमुख पविमाया राई, माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगोलगायतले सम्बोधन गर्दै समृद्ध राष्ट निर्माणका लागि सबै धर्मावलम्बीहरु एक भएर अगाडि बढ्न सुझाव दिएका थिए ।


जन्मोत्सवमा सहभागी हुन भारत, भुटान, अमेरिका, बर्मा, बेलायतबाट समेत ठूलो संख्यामा किरात धर्मालम्वीहरुको हजारौंको संख्यामा उपस्थिति रहेको थियो ।

मंसिर १८ गते उद्घाटनको साथसाथै खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा,सहित सास्कृतिक कार्यक्रम भएको थियो । जन्मोउत्सबको मंसिर १६ गते साक्मुरा वादेम्बा, मंसिर १७ गते हाङसाम मजुत्लुङ माङहिममा लाधुङसेमी सेवा र आत्मानन्द गोल्ड कपको फाइनल खेल भएको थियो । , मंसिर १९ गते (आज) शाशीर्वचन तथा साँस्कृतिक कार्यक्रम, मंसिर २० (भोलि) गते माङगेन्ना वितरण गर्ने कार्यक्रम गर्ने बताइएको छ ।

माङसेबुङ गाउँपालिका–२ (साबिक इभाङ–५) चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन ।

सम्बन्धित खवर