देश विदेशमा विभूति फाल्गुनन्दकोे जन्मजयन्ती मनाइयो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, भदौ २२, २०८१

देश विदेशमा विभूति फाल्गुनन्दकोे जन्मजयन्ती मनाइयो

कार्तिक २६
साइनो समचारदाता

पथरी । नेपाल सरकारले पछिल्लो पटक घोषण गरेको १६ औं राष्ट्रिय विभुति राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३४ औं जन्मजयन्ती आइतबार धुमधामको साथ साथ मनाइएको छ । नेपाल सरकारले १६ मंसीर २०६६ मा तत्कालिन फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
१ नम्बर प्रदेशको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, काठमाडौं, भारतको दार्जिलिङ, सुखिम, आसाम, भुटान, म्यानबारलगायत देश विदेशमा भव्यरुपमा मनाउँदैछन् । किरात धर्म तथा साहित्य उत्थान संघ, किरात याक्थुङ चुम्लुङ, लिम्बु विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, विभिन्न माङ्हिमलगायत विभिन्न सामाजिक संघ सस्थाले मात्र होइन, केही स्थानीय सरकारहरुले पनि प्राथमिकताको साथ मनाउने चलन बढ्दो ।


‘फाल्गुनन्द सबैको नेपालीको साझा गुरु’–उपप्रधान तथा रक्षा मन्त्री पोख्रेल
फिदिम । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन किरात धर्मका मात्रै गुरु नभएर सबै नेपालीका साझा गुरु रहेको बताएका छन् । सामाजिक सद्भाव कायम गर्न महागुरु लिङदेनले गरेको योगदान अन्त्यन्तै प्रशंसनीय रहेको बताउँदै उनले सरकारले सदैव सम्मान गरिरहने आश्वासन दिएका छन् । सरकारले गरेका प्रतिबद्धता क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभएको छ।
पाँचथरको फिदिममा १३४आँै फाल्गुनन्द जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले मुलुकलाई समृद्ध बनाइ छोड्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारले गरेका प्रतिबद्धता क्रमशः कार्यान्वयन गर्न सबै पार्टी मिलेर मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्नेमा जोडमा जोड दिए ।
कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले मुलकमा धेरै कानून बनाउन बाँकी रहेको स्मरण गर्दै क्रमशः सरकारले संविधान कार्यान्वयन गर्दै लगेको जनाएका छन् । फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा गुरु आत्मनन्द लिङदेनले निरन्तर हत्या–हिंसाको बाटो बन्द गरी सदाचारको बाटोमा हिँडिरहन महागुरु फाल्गुनन्दबाट प्रेरणा पाइरहुँ भन्ने शुभकामना व्यक्त गरे । सो अवसरमा फिदिम–१ मा निर्माण गरिएको सबैभन्दा अग्लो फाल्गुनन्दको शालिक र सुम्हात्लुङ मन्दिरमा रहेको शालिकको अनावरण गरिएको थियो ।

प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी
प्रधानमन्त्री केपी ओलीले समाज सुधारका लागि राष्ट्रिय विभूति फाल्गुनन्दको अभियान अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले सामाजिक विकृति, विसंगति हटाउन उनले चलाएको अभियान आजपर्यन्त स्मरणीय रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा बेथिति देखेपछि सुधार गर्न फाल्गुनन्दको निरन्तर प्रयास सराहनीय रहेको शुभकामना सन्देशमा व्यक्त गरेका छन्। उनले धर्म, साहित्यको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रशंसा गरेका छन् ।

सरकारले फाल्गुनन्द सर्किटलाई पर्यटकीय गन्तव्यको सूचिमा राख्यो
सरकारले देशभरका पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा र्धािमक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेको हो ।
सरकारले स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने गरेर करिब दुई सय गन्तव्य पहिचान गरेको छ। जसमध्ये नयाँ गन्तव्यमात्र एक सय छन् । एक सय पर्यटकीय गन्तव्यमा गुरु फाल्गुनन्द सर्किट (लब्रेकुटी, गजुरमुखी धाम, लारुम्बा, चुक्चिनाम्बा) स्थानहरु पनि परेको छ । मन्त्रालयले विज्ञप्तिमार्फत र्आिथक वर्ष २०७५र ७६ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्यको पहिचान तथा विकास गर्ने उल्लेख गरेको छ।
मन्त्रालयले विभिन्न जानकारी, सुझाव र मन्त्रिस्तरीय निर्णयबाट पर्यटकीय गन्तव्यको पहिचान गरेको उल्लेख गरेको छ। ‘विभिन्न समयमा विभिन्न निकायबाट प्रकाशित जानकारी, प्राप्त सुझावको आधारमा नेपाल सरकारको निर्णयअनुसार गन्तव्य पहिचान गरिएको छ।’ विज्ञप्तिमा भनिएको छ।

आठ स्थानीय तहमाा विदा
माङसेबुङर किरात धर्मका पुनःउत्थापक राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको दिनमा सात स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेको समाचार प्राप्त भएको छ।
इलामका चार, पाँचथरको दुई र झापाको दुई स्थानीय तहले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक विदा दिने घोषणा गरेका छन्। इलामको माङसबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, माईनगरपालिका र चुलाचुली गाउँपालिकाले सार्वजनिक विदा निर्णय गरेको माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले बताइन् । झापाको दमक र अर्जुनधारा नगरपालिकामा विदा दिइएको छ । पाँचथरको फाल्गुनन्द गाउँपपालिका र याङवरक गाउँपालिका र झापाको दमक नगरपालिकाले पनि कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाइएको छ। अहिलेसम्म सातवटा स्थानीय तहले कात्तिक २५ गते सार्वजनिक विदा दिने आधिकारिक निर्णय गरिसकेको छन् भने पाँचथरका अधिकांश स्थानीय तहले विदा घोषणाको तयारी गरिरहेको बिशेष सुचना प्राप्त भएको छ। स्थानीय तहबाट भएको यश महत्त्वपूर्ण निर्णयले संघीय सरकार र केन्द्रीय सरकारलाई सकरात्मक प्रभाव पर्ने जनअपेक्षा रहेको माङगेन्ना समितिका पुर्व सचिव नन्दकुमार नेम्वाङले बताए ।

इलाममा जयन्ती


फाल्गुनन्दको जन्मस्थान इलामको माङसेबुङ गाउँपालिका जन्मजयन्ती मनाइएको छ । इलामको माङसेबुङ गाउँपालिकाको माङसेबुङ, इभाङको चुक्चीनाम्बा, गजुरमुखी, फाकफोकथुमको एकतप्पा, गजुरमुखी, महमाई, फुएतप्पा, माई नगरपालिकाको दानाबारी, महमाई, सन्दकपुर गाउँपालिकाको माबु, जमुना तथा चुलाचुली गाउँपालिकाका विभिन्न सहित किरात बाहुल्यस्थानमा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाईदैछ । सिद्ध किरात हाङ्साम युमा माङहिम फाकफोक थुम इलामले विशेष कार्यक्रमको आयोजना गर्यो । फाकफोकथुम ७ स्थित एकतप्पाको रुपाटारमा सामूहिक पूजा र साँस्कृतिक कार्यक्रम गरि जन्मजयन्ती मनाईएको छ । श्रीसिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा भएको कार्यक्रममा फक्ताङलुङ आइडल फस्ट रनर अप गंगा फियाक, बाल गायक मनिस लिम्बू र गायिका दीपा सुहाङले साँगितीका प्रस्तुती गरेका थिए ।
माङसेबुङ गाउपलिकाका उपाध्यक्ष सचिवालयले बुधबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यमा र प्रदेश सभाकै सदस्य राम रानाको विशेष आतिथ्यमा भएको हो ।
किरात चोत्लुङ मुहिङगुम अङसिमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, नेकपाका नेता नवराज शंकर, चुलाचुली गाउपालिकाका अध्यक्ष प्रदिपकुमार राई, प्रदेश सभा सदस्य राम राना लगायतले दिपावाली, १३४ औ फाल्गुनन्द जन्मजयन्तीको, छट पर्वको देशबासीलाई शुभकामना दिदै मन्त्वय राखेका थिए । शर्माले सबैलाई सुसंस्कृत, सभ्य, धार्मिक भएर अघि लाग्दै माङसेबुङको विकासलाई जोड दिएका थिए । उनले माङसेबुङमा रहेका गुरुआश्रमको विकास गर्न सबै लाग्ने कुरालाई पुन दोर्याउदै सबै एक भएर वा प्रतिपक्ष दल नेपाली कांग्रेसलाई पनि एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् । रानाले माङसेबुङमा रहेको धार्मिक पर्यटनलाई प्रवर्धन गर्दै माङसेबुङ, माङमालुङ, गजुरमुखिधाम, चुक्चिनाम्बालाई विकास गर्न प्रदेश सरकार, केन्द्र सरकारलाई आग्रह गर्दै लाग्ने बताए ।
माङसेबुङ गाउपालिकाका उपाध्यक्ष सुनिता सुव्वाको अध्यक्षतामा भएको कार्यक्रममा, फाक्फोक थुम गाउपालिका, माइनगरपालिका, चुलाचुली गाउपालिकाका विभिन्न राजनितिक दल, जनप्रतिनिधि, समाजसेबी, सबैको उपस्थिती रहेको थियो । कार्यक्रमा अन्दाजी ३ सय सहभागि रहेको थियो ।

पान्थरमा जयन्ती
पाँचथरको फाल्गुनन्दको गढी सिलौटी र लब्रेकुटीमा भव्य रुपमा जन्मजयन्ती मनाइएको छ । देहत्याग गरेको स्थान पाँचथरको फाल्गुनन्द गाउँपालिका, फाल्गुनन्द माङ्हिम जोरपाटीमा मनाइएको छ । पाँचथरको फिदिममा फाल्गुनन्दका शालिक अनावरण गरिएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रहाङमा लिङदेन, उपप्रधानमन्त्री ईश्वर पोख्रेलले अनावरण गरेका हुन् । थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने तय गरिएपनि अस्वस्थताका कारण उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल फिदिम पुगिसकेका छन् । फाल्गुनन्दको सन्देशलाई प्रचार गर्नका साथै किरात धर्म परम्परा अनुसार पुजाआजा गरिने कार्यक्रम तय गरिएको छ ।

 

मोरङ पनि मनाइयो
मोरङको केराबारीस्थित किरातेश्वर हाङ्साम फाल्गुनन्द माङ्हिमले समन, सास्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम गरी मनाएको छ । पथरीको किरात हाङ्साम युमा माङहिम, लेटाङ, उर्लाबारीलगायतस्थानहरुमा मनाएको छ

किरातेश्वर थेबा माङहिम कानेपोखरी गाउपालिकामा किरात धर्मको प्रर्वधनसँगै समाजिक विभेद विरुद्ध उनले दिएको योगदानको कदरस्वरुप प्रत्येक वर्ष २५ कात्तिकमा फाल्गुनन्दको जन्मजयन्ती मनाइएको होे ।

ललितपुरमा मनाइयो
किरात याक्थुङ चुम्लुङ, याक्थुङ युवा मञ्च, लिम्बु विद्यार्थी मञ्चले ललितपुरमा १३४ औ जन्म जयन्ती मनाइएको छ । राष्ट्रिय विभुतिको योगदानको चर्चा गर्दै एक समारोहको आयोजना गरी मनाइएको हो ।

प्रवासमा जन्म जयन्ती
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति मलेसिलाले परदेशी रेष्टुरेन्ट क्वालालाम्पुरमा कार्यक्रमको आयोजना गरी मनाएको छ । फल्गुनन्दले सांस्कृतिकरुपमा प्रयोग गरिने मदिरा, बलिप्रथा, महिला विभेद र जातिय विभेदका विरुद्ध राणा शासन कालमा नै अभियान सुरु गरेको र त्यसको सान्दर्भिकता अहिले प्रश्ट भएको धार्मिक अभियान्ताहरु बताउँछन् । सरकारले राष्ट्रिय विभूतीको रुपमा घोषित गरे पनि राष्ट्रिय पर्व मान्दै २५ कात्तिकमा सार्वजनिक बिदा दिइनुपर्ने माग सम्बोधन नभएको धर्मानुरागीको भनाई छ ।

इलामको माङसेबुङ गाउँपालिकाको इभाङस्थित चुक्चिनम्बामा २५ कात्तिक १९४२ मा जन्मिएका फाल्गुनन्दले ७ वर्षको उमेरदेखि नै ज्ञान प्राप्त गरेर समाज सुधारमा लागेको किरात धर्मालम्बीहरुको विश्वास छ । उनले देउमाई नगरपालिका ९ जितपुर खत्रक्पा खोल्सी माईखोलाको किनारमा ज्ञान प्राप्त गरेको किरात धर्मालम्बीहरुको दावी छ । भारतीय सेनामा समेत काम गरेका फाल्गुनन्दले फर्केर धर्म प्रचारमा लागेका थिए ।
माङसेबुङस्थित वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनका साईनोमा बाजे पर्ने फाल्गुनन्दले उतिबेला पा“चथरको लब्रेकुटी र सिलौटी, ताप्लेजुङको कावेली, निगुरादिन, कुम्भकर्ण, इलामको जितपुरलगायत स्थानमा किरात मन्दिर बनाएका थिए । समाज सुधारकस“गै किरात धर्मालम्बीहरु धर्मगुरुलाई दैवीशक्ति प्राप्त व्यक्तिको रुपमा सम्झन्छन् । धर्मगुरुको सम्मान र स्मृतिमा किरात बाहुल्य क्षेत्रमा मन्दिर निर्माण गरेर उनको सामाजिक सुधार र धार्मिक बाटोमा हिड्नेहरुको संख्या बढ्दो छ ।
किरातीहरुले प्रयोग गर्ने मुन्नधुमलाई लिपिवद्ध गर्ने काम पनि उनले गरेको जानकारहरु बताउँछन् । उनले प्रतिवादन गरेको धर्मलाई किरात हाङसाम साम्यो भनिन्छ । सत्य र शान्तिको मार्गमा लाग्न उनले धर्ममार्फत अभियान चलाएकाले यो धर्मालम्बीलाई सत्यहाङवा पनि भनिन्छ । ‘१९८८ बैशाख २४ गते किरा“तीहरुको भेलाले सत्य र शान्तिको पक्षपाती भएकाले धर्मको नाम नै सत्यहाङवा राख्ने निश्कर्षमा पुगे,’ किरात धर्म तथा साहित्य उत्थान संघका आङवुहाङ अवोध अविरलले भने, ‘अहिले साझा रुपमा किरात धर्म भन्ने गरिएको छ ।’
फाल्गुनन्दको निधन २२ चैत २००५ मा पा“चथरको फाल्गुनन्द गाउँपालिकास्थित सिलौटीमा भएको हो । उनले तपस्या गरेका स्थान, जन्मस्थान, निधन भएको स्थान र महत्वपूर्ण काम गरेका क्षेत्रलाई तिर्थस्थलकोरुमा लिइने गरेको छ । सरकारले किरातीहरुलाई मात्र जन्मजयन्तीको बिदा दिएर विभेद गरेको किरात धर्मावलम्बीहरुको गुनासो छ ।

को हुन् फाल्गुनन्द ? संक्षिप्त चिनारी


जन्म ः वि.सं. १९४२ कात्तिक २५ गते आइतबार (इलाम जिल्ला, इभाङ गाविस, चुक्चिनाम्बा।
नाम ः नरधोज, फलामसिं र फाल्गुनन्द।
उपनाम ः ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, मुहिङगुम अङसीमाङ।
ज्ञान प्राप्त ः ८ वर्षको उमेरमा (जितपुर ८, खत्रक्पा खोल्सी, माईखोला किनार)
जीवनशैली ः आजीवन ब्रम्हचारी, महिलाको भेषभूषा र गहनामा सज्जित, कम बोल्ने, मसिनो स्वर, शाकाहारी भोजन, हिँडीरहने, सादा जीवन।
देहत्याग ः वि.सं. २००५ चैत २२ गते सोमबार (हाङयक, पान्थर)
सतगत र समाधिस्थल ः सिलौटी, पान्थर।
मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनका प्रमुख कार्यहरु
सिन्चेई फक्ताङलुङ (कुम्भकर्ण हिमश्रृंखला) लाई किरात धर्मावलम्बीहरुको तीर्थभूमि र मुक्तिभूमिको रुपमा ढोका खुला,
वि.सं. १९८८ बैसाक २४ गते १० लिम्बुवान १७ थुमका किरातीहरुलाई बोलाई वृहत चुम्लुङ गरि तत्कालीन समाजका विकृतिलाई हटाउन सत्यधर्म मुचुल्का खडा,
छरपष्टिएको साम्जीक मुन्धुमलाई संहिताकरण,
लोप हुने अवस्थामा भएको किरात लिपिको प्रचार प्रसार,
विभिन्न स्थानमा माङहिमहरुको स्थापना,
पहिरो रोक्ने, पानी उमार्ने, खडेरी भएको ठाउँमा पानी पार्नेजस्ता चामत्कारिक कार्यहरु।
किरात धर्मका अथक यात्री ः श्रीप्रसाद नेम्बाङ
मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनप्रति सरकारले गरेको सम्मान
महागुरु फाल्गुनन्दको नाममा रु. १५।–को हुलाक टिकट,
महागुरु फाल्गुनन्दको नाममा नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनी,
दमकदेखि माङसेबुङ, रवीहुँदै रााके जोड्ने सडकलाई फाल्गुनन्द मार्ग नामाकरण,
महागुरु फाल्गुनन्दको नाममा राष्ट्रिय विभूति घोषणा,
महागुरु फाल्गुनन्द जयन्तीको नाममा सार्वजनिक बिदा।
अलङ्कार, आभूषण, विशेषण
छरपष्टिएको अनि दिशाविहिन भएको किरात धर्म दर्शनलाई मार्गदर्शन गर्नु भएका कारण वहाँ किरात धर्म दर्शनदाता।
तत्कालिन समाजमा व्याप्त विकृतिलाई हटाउन सत्यधर्म मुचुल्का खडा गरी त्यसलाई पालन गर्न गराउन पहल गर्नु भएकोले महान् समाज सुधारक।
जनसांख्यिक तथ्याङ्क अनुसार मुलुकको चौथो धर्मको सबैभन्दा पूज्य व्यक्ति, वहाँले प्रतिपादन गर्नुभएको सिद्धान्त एवं वहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जीवनभर गर्नुभएको कार्यका कारण सरकारले दिएको राष्ट्रिय सम्मान हो, राष्ट्रिय विभूति।
किरात धार्मिक इतिहासमा विभिन्न देवअवतारी व्यक्तिहरुको जन्म भइरहन्छ, सोही क्रममा वहाँ अवतरित हुनु भएकोले मुन्धुमी भाषामा मुहिङगुम अङसीमाङ। 

फाल्गुनन्दको केही भनाइ
–सत्य कर्म गर्नु, उच्चबिचार राख्नु, साँघुरोर कुबिचारले नास होईन्छ ।
–ईश्वरको पूजा आरधना गर्दा बलिपूजा नगर्नु । किनकि जीव जन्तु यी सबै ईश्वरकै सृष्टि हुन्।
–बिकृति छाडेर सुसंस्कृतिमा आबद्व हुनु पर्छ । सुसंस्कृति भनेको फराकिलो मार्ग हो जसले जीवनमा पार तरिन्छ ।
–छोरा र छोरी बिचमा समान व्यबाहार गर । छोरीको बिबाहमा सोतरित मागेर खाने चलन नगरौं ।
–आफैले बुनेको कपडाको प्रयोग गरौं ।
–आफ्नै भाषा बोलौ, गाउँ गाउँमा माङहिम (मन्दिर) निर्माण गरि ईश्वरको आरधना गरौं । सबै भेला भएर पढ्न सिकौं ।
–खानपिन गर्दा सकेसम्म सात्विक आहाराको प्रयोग गरौं । मद् मदिरा,मंसको प्रयोग नगरौं ।

यसरी मनाउँछन् महागुरु फाल्गुनन्द जयन्ती

व्यक्ति तथा परिवारको लागि
बिहान तान्छोवा (शुक्र तारा) उदाउन अघि नित्य सेवा सक्ने, ३ वटा दियो ३ वटा कलशसहित धुप बाली मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको तस्वीर पूज्दै कुलाङताक्मा (चरण स्वागत) गर्ने र वहाँसँग माङवा हाङवा (धन धान्य, ज्ञान, बुद्धि विवेक र सिद्धि शक्ति) माग्ने।
बिहान बालेको दियो दिनभर निभ्न नदिइ साँझ दीपावली गर्ने।
घरको परिवार भेला भई इच्छा अनुसारको विविध परिकार बनाई खाने, खुशियाली मनाउने, इष्टमित्र छरछिमेकलाई समेत बोलाई खाने, खुवाउने, शुभकामना आदान प्रदान गर्ने, वरिपरी छरछिमेक भेला भई माङसेवा साम्लो (स्तुती गान) गाउने, माङलाङ केलाङ तथा नाचगान गर्ने, मुहिङगुम अङसीमाङका माङइङघङरमाङसिवाखाहुन (दिव्य धार्मिक उपदेश) सुन्ने, सुनाउने।
किरात धार्मिक संघसंस्थाको लागि
कात्तिक २४ गते ः
विश्वशान्ति, मानव एकता तथा चराचर जगत प्राणीको रक्षाको लागि धार्मिक अनुष्ठान (साक्मुरा वादेम्मा र लाधुङसेमी सेवा) गर्ने।
माङलाङ केलाङ गर्ने।
कात्तिक २५ गते ः
मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन जन्मजयन्ती पर्वलाई औपचारिक कार्यक्रम गरी सम्पन्न गर्ने।
माङहिमको लागि
बिहान तान्छोवा (शुक्र तारा) उदाउन अघि नित्य सेवा सक्ने, ३ वटा दियो ३ वटा कलशसहित धुप बाली मुहिङगुम अङसीमाङको फोटो पूज्दै कुलाङताक्मा (चरण स्वागत) गरी वहाँसँग माङवा हाङवा (धन धान्य, ज्ञान, बुद्धि विवेक र सिद्धि शक्ति) माग्ने।
बिहान बालेको दियो दिनभर निभ्न नदिइ साँझ दीपावली गर्ने।

 

सम्बन्धित खवर